जाडो बिदाको अवधिमा सावधानी र सम्पर्क सम्बन्धि जानकारीको बारेमा
एयेरु बिद्यालयका सम्पूर्ण विद्यार्थीहरू डिसेम्बर、५, २०२५
बिद्यालय संगठन एयेरु बिद्यालय
प्रिन्सिपल ताएको किमुरा
जाडो बिदाको अवधिमा सावधानी र सम्पर्क सम्बन्धि जानकारीको बारेमा
जाडोको बिदा चाँडै आउँदैछ। तथापि, जाडो बिदा गर्मि बिदाहरू भन्दा छोटो हुन्छ, त्यसैले गर्दा यदि तपाईंले जाडो बिदालाई समयमा सदुपयोग गर्नु भएन भने तपाइको जाडो बिदा बितेको पत्तो हुन्न तेसैले,अहिले गर्नु पर्ने काम, कुराहरु राम्रो संग ध्यान दिएर जाडो बिदा सकिए पछि कार्य योजना बनाउनुहोस्।
- आफ्नो करियरको बाटो तय गरेका विद्यार्थीहरू: यो अप्रिल महिनामा सुरु हुने नयाँ कक्षाको लागि तयारी गर्नु पर्ने समय हो।
- जुन विद्यार्थी आफ्नो करियरको सफलतामा पुग्न चाहनु हुन्छ ,त्यो विद्यार्थीको करियरको बाटो अन्तिम बाटो हुनसक्छ। तेसैले राम्रो संग अध्ययन गर्नुहोला। मेरो तर्फाबाट तपाईहरुलाई सुभकामना छ।
- प्रथम वर्षको विद्यार्थी: करियरको बाटो तय गर्न एक वर्ष भन्दा कम समय बाँकी छ।तेसैले यो समयलाई लक्ष्य प्राप्तिका लागि यसलाई अभ्यासको रूपमा प्रयोग गरौं।
जाडो बिदाको अवधि
- ・जापानी भाषा शिक्षा विभाग: डिसेम्बर २४ (बुधबार) ~ जनवरी ६ (मंगलबार)
- ・अन्तर्राष्ट्रिय व्यापार शिक्षा विभाग, अन्तर्राष्ट्रिय सञ्चार शिक्षा विभाग,आबेदन जापानी भाषा शिक्षा विभाग: डिसेम्बर २४ (बुधबार) ~ जनवरी ६ (मंगलबार)
- ・आईसीटी शिक्षा विभाग: डिसेम्बर २३ (मंगलबार) ~ जनवरी १२ (सोमबार)
बिद्यालय बन्द हुने मिति: डिसेम्बर २६ (शुक्रबार) ~ जनवरी ५ (सोमबार) दिउँसो १ बजे सम्म
※सबै विद्यालय भवनहरू यस अवधिमा बन्द रहनेछन्।
※जनवरी ५ (सोमबार) दिउँसो १ बजे बाट खोलिन्छ।
इन्फ्लुएन्जा पनि फैलिएको छ। जाडो बिदामा निम्न सावधानीहरु अपनाउँदै आफ्नो स्वास्थ्य र सुरक्षाको ख्याल गर्नुहोस्।
१.सुरक्षित तवरले पार्ट–टाइम काम गर्ने,
लामो समयको बिदामा,दिनको 8 घण्टासम्म पार्ट-टाइम काम गर्न अनुमति दिइन्छ, तर काम गर्ने घण्टाको सीमा हप्ताको 40 घण्टा सम्म मात्र हो। कृपया ध्यान दिनुहोस् कि विद्यार्थीले हप्ताको ४० घण्टा भन्दा बढी काम गर्न पाऊदैन।
३.दुर्घटना र घटनाहरूबाट सावधान रहनुहोस् !
क्रिसमस, नयाँ वर्षको दिन, र नयाँ वर्षको बिदाहरूमा धेरै घटनाहरू हुन्छन्, र त्यो समय अफुनो देशमा फर्कने समय पनि हो। तेसैले,असामान्य परिस्थिति, वा अप्रत्याशित दुर्घटना,घटनाहरू निम्त्याउनबाट जोगिनको लागि कृपया पर्याप्त सावधानी अपनाउनुहोस्।
३.मादक पदार्थको सेवनमा ध्यान दिनुहोस्! नयाँ वर्षको बिदाको समयमा, रक्सी पिउने जमघट बढी हुन्। रक्सी पिउँदा कृपया निम्न बुँदाहरूमा ध्यान दिनुहोस्। १. नाबालिकाहरूलाई मादक पदार्थ सेवन गर्न निषेध २. अत्यधिक मदिरा पिउने र धेरै पिउनेजस्ता खतरनाक कार्यहरूको निषेध ३.मानिसहरूलाई जबरजस्ती रक्सी पिउन गर्न निषेध ४. मादक पदार्थ सेवन गरी सवारी चलाउन निषेध, जुन गम्भीर अपराध हो; (मादक पदार्थ सेवन गरेर कार वा साइकल चलाउनु हुँदैन। कार वा साइकल चलाएर फर्किने काम भएको व्यक्तिलाई रक्सी पिउन आग्रह नगराउनु ,यो निषेधित र अपराधिक कार्य हो। ४.उच्च शिक्षामा प्रवेश गर्ने वा रोजगारी खोज्ने तयारी गरिरहेका विद्यार्थीहरूले यस अवधिमा पूर्णमा तयारी गर्नुपर्छ। तपाइँले जाडो बिदा कसरी बिताउनु हुन्छ भन्ने कुराको आधारमा नतिजा फरक हुनेछ। <डिसेम्बर २६ (शुक्रबार) ~ जनवरी ४ (आइतबार) सम्मको आपतकालीन सम्पर्क जानकारी>
ट्राफिक दुर्घटना, ठूलो चोटपटक, बिरामी आदिको घटनामा, कृपया तलको जानकारीमा सम्पर्क गर्न नबिर्सनुहोस्।तपाइले फोन वा इमेल द्वारा पनि सम्पर्क गर्न सक्नुहुन्छ । कृपया हामीलाई पहिले तपाइको विद्यार्थी नम्बर र नाम बताउन नबिर्सनुहोस्।
विभाग सम्पर्क फोन नम्बर इमेल ठेगाना
अन्तर्राष्ट्रिय व्यापार शिक्षा विभाग ०८०-९७०७-९१८२ biz@ehle.ac.jp
अन्तराष्ट्रिय संचार शिक्षा विभाग ०८०-९७०७-९१८२ com@ehle.ac.jp
आबेदन जापानि भाषा शिक्षा विभाग ०८०-४९५२-३४८३ ounichi@ehle.ac.jp
जापानी भाषा शिक्षा विभाग ०८०-७९५६-४४७८ nihongo@ehle.ac.jp
आईसीटी शिक्षा विभाग ०८०-३८४०-४३२८ ict@ehle.ac.jp
<वर्षको अन्तिम र नयाँ वर्षको बिदामा आपतकालीन उपचार>
ओसाका सहरमा, बिदाका दिन र रातको आकस्मिक उपचार केन्द्रहरू (आन्तरिक चिकित्सा, बालरोग, नेत्र रोग, कान-नाक-घाँटी रोग) तथा बिदाका दिन र रातको आकस्मिक दन्त चिकित्सा केन्द्र: https://www.city.osaka.lg.jp/kenko/page/0000371474.html
केन्द्रीय आकस्मिक उपचार केन्द्रले हरेक रात आकस्मिक उपचार सेवा प्रदान गर्छ।
बिदाको दिन (दिउँसो) मा, सहरका ६ स्थानमा बिदाको दिनको आकस्मिक उपचार केन्द्रहरूले उपचार सेवा प्रदान
गर्छन्। (नकानो बिदाको दिनको आकस्मिक उपचार केन्द्रले हप्ताको दिन रातमा पनि मेडिकल जाँचहरू सेवा प्रदान गर्छ।
■केन्द्रीय आकस्मिक क्लिनिक फोन:०६-६५३४-०३२१
४-१० -१३ शिनमाची, निशिकु (सबवे निशिनागाहोरी प्रवेश गेट ४-A)
आन्तरिक चिकित्सा, बाल रोग:
खुल्ने समय:राति १० बजे देखि बिहान ५:३० सम्म
शनिबार:दिउँसो ३ बजे देखि बिहान ५:३० सम्म
बिदाको दिन:दिउँसो ५ बजे देखि बिहान ५:३० सम्म
नेत्र रोग (ENT)ओटोरहिनोलरीङ्गोलोजी:
खुल्ने समय:राति १० बजे देखि ०:३० सम्म
शनिबार :दिउँसो ३ बजे देखि राति ९:३० सम्म
बिदाको दिन: बिहान १० बजे देखि राति ९:३० सम्म
■ तोशिमा आकस्मिक उपचार केन्द्र :०६-६९२८-३३३३
तोशिमा-कु तोशिमा मिनामि डोरी 1-24-23 (चिकाटेत्सु तोशिमा 2 नम्बर निस्कास स्थान)
आन्तरिक चिकित्सा र बालरोग रिसेप्शन समय:बिहान १० देखि दिउँसो ४:३० सम्म
■ निशी कुजो आकस्मिक उपचार केन्द्र :०६-६४६४-२११११
कोनिहाना-कु निशी कुजो ५-४-२५ ((JR/हान्सिन निशिकुजो तल जानुहोस्)
आन्तरिक चिकित्सा र बालरोग खुल्ने समय:बिहान १० देखि दिउँसो ४:३० सम्म
■ इमाजातो आकस्मिक उपचार केन्द्र :०६-६९७२-०७६७
तोशिनारी-कु ओ इमाजातो निशी ३-६-६ (चिकाटेत्सु इमाजातो 2 नम्बर निस्कास स्थान)
आन्तरिक चिकित्सा र बालरोग खुल्ने समय:बिहान १० देखि दिउँसो ४:३० सम्म
■ सव नो माचि आकस्मिक उपचार केन्द्र : ०६-४७००-७७७१
सुमियोशी-कु मिनामी सुमियोशी 4-14-28 (नानकाइ सव नो माचि स्टेशन)
आन्तरिक चिकित्सा र बालरोग खुल्ने समय:बिहान १० देखि दिउँसो ४:३० सम्म
■ नाकानो आकस्मिक उपचार केन्द्र ०६-६७०५ -१६१२
हिगाशी सुमियोशी-कु नकानो 2-1-20 (चिकाटेत्सु कोमागावा नकानो 1 नम्बर निस्कास स्थान)
बालरोग बिदाको दिन:राति ८:३० देखि राति ११ सम्म
खुल्ने समय :बिहान १० देखि दिउँसो ४:३० सम्म
■ बिदाको रात आकस्मिक दन्त चिकित्सा केन्द्र तेनोजी-कु डोगाशिबा 1-3-27 (JR मोमोदानी स्टेशन)
दन्त चिकित्सा को परामर्श समय
खुल्ने समय:राति ९ बजे देखि बिहान ३ बजे सम्म
शनिबार:राति ९ बजे देखि बिहान ३ बजे सम्म
बिदाको दिन:बिहान १० बजे देखि दिउँसो ५ बजे सम्म
रजिस्ट्रेशन समय: बिहान ९:३० देखि दिउँसो ४ सम्म
राति ९ बजे देखि बिहान ३ बजे सम्म
- आकस्मिक राहत केन्द्र ओसाका
अचानक तपाइलाई बिरामी वा चोटपटकको कारण के अस्पताल जानु पर्छ? के एम्बुलेन्स बोलाउनु पर्छ ?
♯७११९अथवा फोन:०६ -६५८२ -७११९
- बिदा/रातिको आपतकालीन क्लिनिक सेवाहरु: (आन्तरिक चिकित्सा, बाल रोग, नेत्र रोग, ENT ओटोलरीङ्गोलोजी), बिदा /रातिको आपातकालीन दन्त क्लिनिक
सजिलो जापानिज भाषा:(にほんご) निहोन्गो 急 (きゅう)अचानक な क्यु ना (病気) बिरामी や ब्योउकि या けがのとき(चोटपटकको अवस्थामा)(केगानो तोकी) अचानक बिरामी वा चोटपटकको अवस्थामा
https://www.city.osaka.lg.jp/kenko/page/0000371474.html
- मेडिकल ह्यान्डबुक
सहायता पुस्तिका (मेडिकल ह्यान्डबुक, विपद्को समयमा प्रयोग हुने म्यानुअल)
मेडिकल ह्यान्डबुक भनेको विदेशीले अस्पताल जाँदा प्रयोग हुने आधारभूत उत्तरहरू,
लक्षण बताउने तरिका आदि कुराहरू विभिन्न भाषाहरू र जापानी भाषासँग मिलाएर बनाइएको
साना पुस्तकहरू हुन्।अस्पतालमा राम्रोसँग संचार गर्न मद्दत गर्ने पुस्तिका हो।
इबाराकी प्रान्तीय अन्तर्राष्ट्रिय आदान-प्रदान संघ
समाप्त